सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी

Byदोर्ण के.सी.

१ माघ २०८०, सोमबार ०६:४२ १ माघ २०८०, सोमबार ०६:४२ १ माघ २०८०, सोमबार ०६:४२

काठमाडौ, १ माघ ।  बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा बढीले बढ्न सक्ने विभागको अनुमान छ । ग्रीन हाउस ग्यासको उत्सर्जन, बढ्दो प्रदूषण, कार्बनडाइअस्काइड ग्यास, अलनिनोका कारण विश्वको तापक्रम वृद्धि भएको बीबीसीले जनाएको छ । प्रशान्त महासागरमा भएको मौसमको उतारचढावका कारण समुद्रको तातो पानी सतहमा आउने गर्छ । जसलाई अलनिनो भनिन्छ । तापक्रम वृद्धिका कारण सन् २०२३ मा पृथ्वीको जलचक्र पूर्णरुपमा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जसका कारण विश्वभर असमान्य चक्रवात, बाढी, पहिरो, तुफानलगायतका विपत्ति आउने क्रम बढिरहेको अध्ययनमा उल्लेख छ । विश्व मौसम एट्रिब्युशन डब्ल्यूडब्ल्यूएले मानवीय क्रियाकलापका कारण पृथ्वीको तापमान वृद्धिको सम्भावना १०० गुणाले बढ्न सक्ने जनाएको छ । सन् २०१५ को डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एक सय ९५ देशका नेताहरू विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा राख्न सहमति भएको थियो । ठूलाठूला मञ्चमा तापक्रम बढ्न नदिने कुरा उठ्छ तर ती कुरा कागजमा मात्र सीमित हुँदा तापक्रम लगातार बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds