




दाेर्ण के.सी.
दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा आश्रम तुलसीपुरमा लगेको थियो। तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवा र समाजसेवाको बारेमा जानकारी गराएको विद्यालयले बताएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई आश्रममा सहभागी थिए। उनीहरूले आश्रममा आश्रित करिब ६० जना सहारा विहिन व्यक्तिहरूलाई बिहानको खाजा समेत खुवाएका थिए। विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाका अनुसार, विद्यार्थीहरूलाई मानव सेवामा संलग्न गराउन यो कार्यक्रम आयोजना गरिएको हो। “समाजप्रतिको सकारात्मक





दृष्टिकोण र सहयोगी भावना विकास गराउन यो कार्यक्रम प्रभावकारी बनाउने हाम्रो प्रयास हो,” भन्दै आफ्नो धारणा राख्नुभएको थियाे । कक्षा १० का विद्यार्थी सम्राट चौधरीले खाजा खर्च कटौती गरेर सेवामा सहभागी हुन पाउँदा खुसी लागेको बताएका थिए। “हामीले सेवा गर्न पाउँदा सन्तोषको अनुभूति गरेका छौं,” उनले भने। विद्यालयका प्रिन्सिपल छविकुमार ओलीले मानवताको सेवा जीवनको सर्वोत्तम उपलब्धि भएको बताउनु भएको थियाे। “विद्यार्थीलाई यस्तो पुनित कार्यमा सहभागी गराउन पाउँदा गर्व लागेको छ,” उनले भने। विद्यालयका एकाडेमिक हेड तिलक डाँगीका अनुसार, पछिल्लो समय बालबालिकाहरूमा समाजसेवाको भावना कम हुँदै गएको अवस्थामा यस प्रकारका कार्यक्रमले उनीहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका थिए ।



