



दोर्ण के.सी.
तुलसीपुर, २० माघ।
ण्दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुले आज आइतबार खानाको प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आफैले तयार पारी ढि अचार, सेलरोटी लगायतका परिकार विक्री समेत गरेका छन् । बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनका लागि खानाको प्रदर्शनी गरिएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले जानकारी दिनुभएको थियो । बालबालिकाको पहिलो पाठशाला घर भएकाले घरमा पनि र दोस्रो पाठशाला विद्यालय भएकाले सबै खाले संस्कार सिकाउनका लागि यस्तो कार्यक्रमको आवश्यकता मानेर विद्यार्थीहरुलाई अभ्यास मार्फत सिक्न लगाइएको बताउनु भएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सीपल छवी कुमार वलीले विद्यार्थीको रुचि, चाहाना र क्षमता अनुसारको शिक्षा विद्यालयले प्रदान गर्दै आएको जानकारी दिनुभएको थियो ।






