





दोृर्ण के.सी.
तुलसीपुर, १८ माघ ।
अन्जली नेपाली तथा मनिष केसी कक्षा ८ मा पढ्छन् । तर उनीहरूले विद्यालयमा बिहिबार पढ्ने भन्दा व्यवहारिक जीवनमा आउने कुरा सिकेकाछन् ।उनीहरूले विद्यालयमा मम, चाउमीन, गाजरको हलुवा लगायतका परिकार बनाएर व्यापार पनि गरेका थिए ।उनीहरूले ‘विद्यार्थीलाई पनि बिक्रि गरेका थिए ।’ उनले भने अभिभावकले पनि हामीले बनाएको नास्ता किनेर खानुभयो ।’ बिहिबार दिउँसो चिसो–चिसो मौसममा विद्यार्थीहरु विभिन्न खानेकुराका परिकार स्कुलको प्राङगनमै तयार पारेर बिक्रि गरेका हुन् । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्गलिस स्कुलले नजिकिएको १७ औँ वार्षिकोत्सवका

अवसरमा बिहिबार आयोजना गरेको खाना प्रदर्शनी तथा अभिभावकका लागि निशुल्क स्वास्थ्य शिविरमा विद्यार्थीले विभिन्न परिकार बनाएर व्यापार गरेका छन् ।विद्यालयमा अध्ययनरत अन्जली नेपालीले व्यापार गरेर ७ सय ५० रुपैँया आम्दानी गरेको बताईन् ।‘ हामीले सेल, आलुचप लगायतका बनाएका थियौँ ।’ उनले भनिन्( बनाएका सबै बिक्रि गरेर साढे सात सय आम्दानी गरेका छौँ ।’घरको भान्सामा खासै चासो नदिने बालबालिकाले बिहिबार दिउँसो भने विद्यालयमा पकाउन कस्सिएका थिए । उनीरुले पकाएको थरीथरीका परिकारहरु अभिभावकहरु हर्षका साथ किनेर खाएका थिए । कक्षा १० मा अध्ययनरत सौगात चौधरीले बिहिबार ढिक्रि बनाएर बिक्रि गरेका थिए । ‘मैले ढिक्री बनाए।’ उनले भने( अब घरमा पनि ढिक्री बनाउन सकिन्छ ।’ विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत आयोजना गरेको खाना प्रदर्शनीमा परिकार बेचेर आम्दानी गर्दा खुशी लागेको उनले बताए्का थिए ।

सँधैजसोे चाहिएका बखत बा(आमा संग पैसा माग्ने गरको छुु ।’ उनले भने–अब घरमा गएर पैसा माग्ने मात्रै होईन व्यवसायीक योजना बनाएर बा(आमालाई सघाउँछु ।’ स्कुलका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यार्थीलाई पढ्दै कमाउदै कार्यक्रम अन्तरगत व्यवहारीक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
विद्यालयले यसअघि सामाजिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई खोलामै लगेर पढाएका थियौँ।’ उनले भने विद्यार्थीलाई सिर्जनात्मक बनाउन हरेक महिना नविनतम काम गर्दे आएका थियौँँ ।’उनले यसपटक व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना महोत्सब सञ्चालन गरिएको बताए । कक्षा ६ देखि ९ सम्ममा अध्ययनरत बालबालिकाले व्यापार गरेको उनले बताएका थिए । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बालबालिकालाई व्यवहारिकरुपमै ज्ञान र सिप सिकाउने लक्ष्य अनुसार

कार्यक्रमको आयोजना गरिएको बताएका थिए । ‘सैद्धान्तिक कुराहरुले मात्रै विद्यार्थी पुर्ण हुँदैन्न विद्यार्थी उनले भने व्यवहारिकरुपमा ज्ञान प्रदान गर्न विद्यार्थीलाई समुहमा विभाजन गरेर काम संगै दाम कमाउन सिकइएको छ ।’ विद्यालयमा बिहिबार अभिभावकको लागि स्वास्थ्य जाँच समेत गरिएको थियो ।तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको प्रअ वलीले बताएका थिए । ‘स्वास्थ्य शिविरमा अभिभावकको स्वास्थ्य जाँच गरिएको छ ।’ उनले भने शिविरमा रक्तचाप, मधुमेह जाँच गरिएको हो ।’

