अञ्जली के.सी.
तुलसीपुर,१६ असार ।
दाङको तुलसीपुर ९ स्थित दोघरेको सगरमाथा स्कुलले विद्यार्थी लाई बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना प्रदान गरेको छ । विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई बालविवाह न्यूनिकरण सम्बन्धि सचेतना प्रदान गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगीले विद्यार्थीलाई बालविवाह न्यूनिकरणबारे जानकारी गराउनु भएको थियो । उहाँले बालविवाह गर्दा हुने कानुनी जटिलता, स्वास्थ्यमा पार्ने असर, सामाजिक प्रभाव लगायतका विषयमा प्रशिक्षण गर्नुभएको हो । साथीहरुको लहलहैमा लागेर, महत्वाकांक्षी प्रलोभनमा परेर, सामाजिक सञ्जालको गलत प्रयोग लगाएतकाले कारणले बालविवाह न्यूनिकरण हुन नसकेको उहाँले बताउनुभएको थियो । साथै बालविवाहले घरबार बिग्रिने, घरेलु हिंसा हुने, कामको बोझ थपिने, शारिरीक र मानसिक समस्यामा पर्ने, सम्बन्ध बिग्रिने लगाएका समस्याहरु देखा परिरहेको भन्दै यसलाई न्यूनिकरण गर्नको लागि बालबिबाह सम्बन्धि सचेतनामूलक कार्यक्रम र सम्बन्धित निकायमा उजुरी दिनको लागि विद्यार्थीहरुलाई सचेत गराउनुभएको थियो। उहाँले बालविवाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुने बताउनुभएको थियो । यस्तै बालविवाहका कारण व्यक्तिगत तथा परिवारमा समस्या आउने भएकाले २० वर्ष नपुगी विवाह गर्न नहुने उहाँले विद्यार्थीलाई सचेतना प्रदान गर्नुभएको थियो । विद्यालयमा प्रधानाध्यापक छवी कुमार वलीले बालविवाह न्यूनिकरणको लागि विद्यालयले सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds