श्रीमान मृत अवस्थामा फेला, श्रीमती गम्भिर घाइते

Byदोर्ण के.सी.

१ माघ २०८०, सोमबार ०७:४२ १ माघ २०८०, सोमबार ०७:४२ १ माघ २०८०, सोमबार ०७:४२

धनुषा, १ माघ ।  धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो ।

चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभएको छ । स्थानीयले भने घटना भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds