




थर्काेट समाचारदाता
तुलसीपुर २७ मंसिर
सल्लीवन विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि का लागि सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । तुलसीपुर (दाङ)। त्रीवेणी असहाय बृद्धबृद्धा कल्याण समाज (तुलसीपुर–३, ८, ९ दाङ) को आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा न. ९ स्थित श्री सरस्वती चाैतारा माध्यमिक विद्यालय सल्लिवनमा ‘शैक्षिक गुणस्तर वृद्धिका लागि सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको हाे । वृद्धवृद्धाको हितमा कार्यरत समाजले यसपटक शिक्षाको गुणस्तर सुधारलाई मुख्य एजेन्डा बनाएर स्थानीय सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको हो। कार्यक्रमको मूल नारा ‘शिक्षाको गुणस्तर वृद्धि, समाजको समृद्धि’ रहेको थियो। त्रीवेणी असहाय बृद्धबृद्धा कल्याण समाज (तुलसीपुर–३, ८, ९ दाङ) का अध्यक्ष राम प्रशाद बस्यालकाे अध्यक्षतामा सम्पन्न साे भेलामा गर्नुभएको थियो। मेघराज पाण्डेले स्वागत मन्तव्य रहेकाे साे कार्यक्रममा न्यु भिजन परम्परा युवा क्लबका अध्यक्ष सुशान्त मल्ल, निशा के. सी., नवीन शर्मा,प्रधानध्यापक लक्ष्मी न्यौपाने, मुकुन्द काफ्ले र कान्त प्रसाद र विव्यस अध्यक्ष तिलकबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे ।

