बाबु दिपक वली / दाङ,२७ फाल्गुन ।

दाङको घोराहीमा एक बालिका छिन् । उनको नाम विधुषी लामिछाने हो । उनी उमेरको हिसाबले अहिले ७ वर्षकी भईन् । उनी अहिले दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत छिन् । ७ वर्षकि भइन बजारमै जन्मिइन बजार नजिकै घोराही १८ नवलपुरमै हुर्किइन । विधुषी लामिछाने ७ वर्षको उमेरसम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घरायसी कामको बारेमा जान्ने मौका पाएकी थिइन्न् । उनलाई सिकाउने मानिस कोहीपनि थिएन् । तर गुरुकुल एकेडेमी विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले विद्यालय परिसरमै क्लोज क्याम्पमा राखेर विभिन्न पढाई संगै घरायसी कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन ,उनीहरुले घरायसी काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुँदो रैछ भन्ने कुरा बुझ्ने मौका पाएकी हुन् र उनले यो कामबाट धेरै सफलता हासिल पनि गरेकी छिन् । विद्यालयले कक्षा २ का विद्यार्थीहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय विद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा २ का विद्यार्थीहरुलाई पनि गत वर्षबाट वार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय गरेको हो । फाल्गुन २५ र २६ गते गरीएको क्लोज क्याम्प आज समापन गरिएको छ । कक्षा २ का विद्यार्थीहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा किराना पसलबाट किनेर ल्याउने तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई गर्ने लगाएतका काम पनि गर्ने गरेका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने,कपडा धुने काम कहिले नगरेका उनीहरु विद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन । विधुषी लामिछाने मात्र नभएर ८÷९ वर्षका ३४ जना विद्यार्थी क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनीहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताएका थिए । त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा पारिवारीक बातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर मिलेको बताएका थिए । यसले विद्यालयमा सैधान्तीकसंगै व्यवहारिक ज्ञान दिने गरेको अभिभावक बसन्त लामिछानेले बताएका थिए । घरबाट २ दिनको लागि क्लोज क्याम्पमा जाने भन्दा बुबाआमाले मन गर्नुभएको थिएन विद्यार्थीले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमती जनाएर क्लोज क्याम्पमा बसालेका हुन । अहिले ति साना बच्चाहरुले २ दिने क्लोज क्याम्प सफल भएपछि विद्यालय मात्र होइन अभिभावक पनि खुसि छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरेको विद्यालयकी मन्टेस्वरी संयोजक लोचना पौँडेलले बताएकी हुन् । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९का विद्यार्थिहरुलाई २०७५ सालदेखि र गत बर्ष देखि कक्षा ६ का विद्यार्थीहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ । कक्षा २ का साना बच्चा भएको कारण २ दिन मात्र क्याम्पमा राखिएको संयोजक पौँडेलले बताएकी थिईन् । आईतबार भएको क्याम्प समापन समारोहमा पत्रकार मँहासंघ दाङका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार सविन प्रियासन, सचिव आरके सितल लगायतका पत्रकारहरुले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई आफ्नो जीवनको महत्व बारेमा बुझ्ने अवसर मिलेको बताएका थिए ।गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले विद्यार्थीको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमीत संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षता तथा पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा मन्टेस्वरी संयोजक लोचना पौँडेलले स्वागत मन्तब्यबाट सुरूभएको कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गरेकी थिईन्। क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै विद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds