दाेर्ण के.सी.
तुलसीपुर १० पुस
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव साेभाकर सापकाेटाले तालिममा सिकेकाे कुरालाई व्यवहारमा लागु गरेमा मात्र तालिमको सार्थक रहने कुरामा जाेड दिनुभएको छ उहाँले पछिल्लो समयमा प्रशिक्षार्थीहरुले तालिममा सिकेकाे कुरालाई व्यवहारमा लागु नगरेकै कारण तालिमकाे सार्थक नरहेकाेले त्यसाे नगर्न सबैलाई सुझाव दिनुभएको थियाे । FFd (खाध्यान्न तथा वन बिकास फिल्यान्ड) काे सहयाेगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरले दाङको तुलसीपुरमा आयाेजना गरेकाे व्यावसायिक साक्षरता तथा स्थानीय उत्पादनकाे बजार पर्वद्वन रणनीति विषयक २ दिने तालिमकाे उदघाटन समाराेहलाई सम्बाेधन गर्दै उहाँले साे कुरामा जाेड दिनुभएको हाे । अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरका अध्यक्ष टेकनाथ कँवरकाे अध्यक्षता एंव सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव साेभाकर सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा थर्काेट त्रैमासिक तथा Tharkot.com.np का प्रकाशक दाेर्ण के.सी. लगायत ५० जनाकाे सहभागीता रहेकाे तालिमकाे प्रशिक्षण गनैरब थापाले गर्नुभएको थियाे । FFd (खाध्यान्न तथा वन बिकास फिल्यान्ड) काे सहयाेगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरले दाङको आयाेजित उद्यमसिलता तथा उत्थान सिलतामा महिलाका कार्यक्रम संयाेजक बिध्याराज कडेलकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुर दाङका सचिव भुप बहादुर के.सीले गर्नुभएको थियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds