दोर्ण के.सी.
तुलसीपुर १८ जेठ
विभिन्न ७ बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि अनिश्चित कालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । ‘संविधान विपरीत’ प्रदेश सरकारले ऐन बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएकाले आन्दोलन गर्नुको विकल्प नभएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताएका छन् । अतिआवश्यक एम्बुलेन्स, स्कुल बस, प्रेस, दमकल, पानी टयाङ्कर, कृषिका गाडी बाहेक सम्पूर्ण यातायात बन्द गरिने अध्यक्ष हमालले पत्रकार सम्मेलन मार्फत बताएका थिए । ‘

यस अघि हामीले धेरैलाई बन्द गरेर सहयोग गर्थ्यौ यसपटक हामीलाई उहाँहरूले बन्द गरेर सहयोग गर्नुपर्यो,’ उनले भने । यसैबीच उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बन्दको अवज्ञा गर्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी समेत दिए । यातायात व्यवसायीको थालेको आन्दोलन सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारी सबैको हितमा भएकाले अवज्ञा नगर्न आग्रह समेत गरेका छन् । आन्दोलन सफल बनाउन तुलसीपुर पवन बुढाथोकी, घोराहीमा भरतनाथ योगी र लमहीमा नारायण न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकिएको छ । यसैबीच यातायात व्यवसायीले तुलसीपुरमा ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेर बन्दको विषयमा जानकारी दिएकको प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds