वीर अस्पतालले साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने 

Byदोर्ण के.सी.

२४ मंसिर २०८०, आईतवार १५:३२ २४ मंसिर २०८०, आईतवार १५:३२ २४ मंसिर २०८०, आईतवार १५:३२

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सातामा दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ। अस्पतालले न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो । ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सातामा दुई दिन आइतबार र बुधबार  विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुनेछ ।त्यस्तै साताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ । उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको गरेको निमित्त निर्देशक डा श्रवणकुमार थापाले बताएका छन्। स्वास्थ्यखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds