लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन दाङको बबईमा

Byदोर्ण के.सी.

१० मंसिर २०८०, आईतवार १३:१३ १० मंसिर २०८०, आईतवार १३:१३ १० मंसिर २०८०, आईतवार १३:१३

हापुरे
१०-मंसिर/ दाङको बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काले बबई गाउँपालिकामा लैङ्गिक हिंसाका घटना न्युनिकरणमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छिन् । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराका साथ शनिबारदेखि विश्वभर सुरु भएको ३२ औं लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको बबई गाउँपालिकामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताएकी हुन् ।

कार्यक्रमका सभाध्यक्ष समेत रहेकी खड्काले समाजमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला माथि हुने कुटपिट र दुर्रब्यवहारहरु मात्रै बुझ्ने गरिएको भएपनि पछिल्लो समय पुरुष हिंसाका घटनाहरु समेत न्यायिक समितिमा आउने गरेको बताइन् । उनले जातिय छुवाछूतका घटना बोक्सीको आरोप लगायतका पनि हिंसाकै स्वरुप भएको बताइन् । खड्काले हिंसा अन्त्यका लागि सबैको भुमिका महत्त्वपूर्ण रहने बताउदै हिंसा अन्त्यको सुरुवात आफैबाट गर्न सकिने धारणा राखिन् ।

कार्यक्रमका प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रिले पछिल्लो समय अधिंकास युवाहरुको रोजाई बैदेशिक रोजगार हुने गरेकाले पनि समाजमा लैङ्गिक हिंसाका घट्ना बढ्दै गएको टिप्पणी गरे । अध्यक्ष क्षेत्रीले नेपालको संविधानले मानव अधिकारका कानुन निर्माण गरेको भए पनि अधिकार प्राप्तिका लागी संघर्ष गर्न नसक्दा समस्या अधिकांश ब्यक्तिमा हिंसाको सृजना हुने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds