दोर्ण के.सी./ बालाराम खड्का
तुलसीपुर, १९ मंसिर ।
लैङ्गिकमा आधारित हिंसा न्यूनिकरणका लागि सवै एकजुट भएरउत्तरदायि हुनुपर्ने सहभागीहरुले जोड दिएकाछन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पताल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखा, वडा नं. ३ को आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन ।एनएवीपी नर्वेको आर्थिक सहयोगमा तुलसीपुर –३ दमारगाउँको सरस्वती माविमा भएको कार्यक्रममा सहभागीहरुले अफैपनि हिंसामा परेकाहरु खुलेर आफ्ना समस्याहरु राख्न नसकेको भन्दै

यसलाई न्यूनिकरण गर्न सचेतना आवश्यक रहेको बताएका थिए । नेपाल नेत्रज्योति संघ दाङका सदस्य ध्रुव गौतमको अध्यक्षता तथा तुलसीपुर– ३ का वडाध्यक्ष विरबहादुर विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विकले हिंसा न्युनिकरणका लागि सचेतना आवश्यक रहेको भन्दै आम नागरिकहरुलाई निती र कानुनका बारेमा जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्युनिकरण हुने बताएका थिए । त्यस्तै उनले सवैको साझा प्रयासले मात्र हिंसा न्यूनिकरण हुने बताएका थिए । त्यस्तै कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले आँखा अस्पतालमा पनि विभिन्न लैङ्गिक हिंसाका घटनाबाट घाइतेहरु आउने भन्दै त्यसलाई न्युनिकरण गर्नका लागि सबैले हातेमालो गर्न

आबश्यक भएको बताएका थिए । उनले आँखामा चोटपटक लागेर अस्पतालमा आउने त्यस्ता घटनाहरुलाई सम्वन्धीत निकायमा न्यायका लागि पठाउएमा आफुहरुले सहजीकरण गर्ने बताएका थिए । खड्काले नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पतालहरुले गरेका कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिदै नेपाल नेत्रज्योति संघले सुसासन बालबालीका र लैङ्गिक मैत्री निती ल्याएको भन्दै अस्पतालले पनि हिंसामा परेका व्यक्तिहरुको विवरण लिने गरेको र हिंसा रोक्न सवैले साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा गिरीले सवै भन्दा बढी महिलाहरु हिंसा पीडित रहेको भन्दै महिला हिंसा न्यूनिकरणमा सवैको भुमिका आवश्यक रहेको बताएकी थिइन् । उनले हिंसाको न्यूनिकरण र हिंसाबाट पीडितलाई सवै मिलेर न्यायमा पहुँच वृद्धि गराउन तर्फ सवै लाग्नुपर्ने सुझाव दिइकी थिईन् । उनले लैङ्गिक हिंसा सम्वन्धी सचेतना कार्यक्रमको वारेमा सहभागीलाई प्रशिक्षण दिइकी थिर्इन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक दिलीप योगीले हिंसा गर्ने जोकोहिलाई पनि कानुनी कारवाहि हुने भन्दै हिंसाका प्रकार, पीडितहरुले हिंसामा परे कहाँ उजुरी दिने

बालविवाह, लागुपद्धार्थ दुव्र्यसनको विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखाका प्रमुख माया श्रेष्ठले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत विभिन्न सरोकारवालासँगको साझेदारीमा कार्यक्रम गरिरहेको भन्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की वडा सदस्य दिलमाया नेपाली, सरस्वती माविका प्रधानाध्यापक जगविर केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा बालसञ्जालका सुष्मा भण्डारी, रेजिना मियाँले हिंसा विरुद्धको सचेतनात्म गित प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, कक्षा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी तथा तिनका अभिभावकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds