लुम्बिनी प्रदेश सहित तराई क्षेत्रमा आज हुरीबतासको सम्भावना

Byदोर्ण के.सी.

९ बैशाख २०८१, आईतवार ०६:५४ ९ बैशाख २०८१, आईतवार ०६:५४ ९ बैशाख २०८१, आईतवार ०६:५४

काठमाण्डौ, ९ बैशाख ।  अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एकदुई ठाउँमा हुरीबताससहित वर्षको सम्भावना रहेकले सचेत रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds