लुम्बिनीका चार जिल्लामा सोमबार पनि बिदा

Byदोर्ण के.सी.

३ मंसिर २०८०, आईतवार १४:१२ ३ मंसिर २०८०, आईतवार १४:१२ ३ मंसिर २०८०, आईतवार १४:१२

तुलसीपुर,३ मंसिर । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो। छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ। छठ समापन हुने दिन लुम्बिनी सरकारले बिदा दिएको हो।प्रदेशस्थित गृह मन्त्रालयले सूचना जारी गर्दै मंसिर ४ गते सोमबार छठ पर्वको समापनको दिन पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निणर्य भएको उल्लेख गरेको छ। छठको अवसरमा नेपाल सरकारले आज आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds