दाङ, ३ असोज ।

बिहीबार दाङकाे तुलसीपुरमा लाेक गायक अर्जुन सापकोटाले विद्यार्थीहरूलाई आफ्ना चर्चित गीत मार्फत नचाउँदै कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रमलाई रंगीन बनाएका थिए  ।ज्ञानज्योति फाउण्डेसनले संचालन गरेको ज्ञानज्योति स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा सापकोटाले आफ्नो लोकप्रिय गीतहरू गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो । ‘बस्यौ अलक्कै’, ‘पानी परेको’, र ‘हावा चिसो चिसो’ लगायतका गीतमा विद्यार्थीहरू सापकोटासँगै छमछम नाच्दै रमाएका थिए । कार्यक्रमका गायक सापकोटासँग फोटो र भिडियो खिच्न विद्यार्थीहरूमा निकै उत्साह देखिएको थियो । गायकको लोकप्रियताले विद्यार्थीहरूलाई झन् बढी रौनक प्रदान गरेको थियो ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मन बहादुर खड्काले विद्यार्थीहरूलाई आफ्ना ज्ञान र सीपहरू व्यवहारमा    लागू गर्न आग्रह गर्नुभएको    थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds