




दोर्ण के.सी.
तुलसीपुर १५ जेठ
लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएको पाईएमा जस्तोसुकै कदम सहित अगाडि बढ्ने चेतावनी दिनुभएको छ । नेपाल दाङका अध्यक्ष सुनारले हामीहरू एकातिर आन्दोलनमा छौं । अर्कोतर्फ केही लघुबित्त बित्तिय संस्थाहरूले पिडीत दिदीबहिनीहरूका घर–घरमा गएर हप्काउँदै किस्ता तिर भन्ने, पत्रिकामा छापिएको नाम स–साना छोराछोरीलाई देखाईदिने, तर्साउने, बाध्य बनाउने कार्य तिर्व पारिएकोले यस्तो नगर्न सम्पूर्ण लघुबित्त बित्तिय संस्थाहरूलाई चेतावनी दिनुभएको हो । उहाँले लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालले आफ्नो आन्दोलनलाई निरन्तर दिदै यस्तो चेतावनी दिएकाछौं यदि लघुबित्त बित्तिय संस्थाहरूले हाम्रो चेतावनीलाई व्यवास्ता गरि यस्तो कार्य दोहर्याई रहेमा भोलीका दिनमा ठुलो मुल्य चुकाउनुपर्ने र सो मुल्यको जिम्मेवारी स्यम लघुबित्त बित्तिय संस्थाहरूले लिनुपर्ने चेतावनी दिनुभएको हो । उहाँ अगाडि भन्नुहुन्छ हामीले चेतावनी दिदादिदैपनि पछिल्लो समयमा डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड, लगायतका लघुबित्तहरूले पिडीत दिदीबहिनीका घर–घरमा गएर स–साना छोराछोरीहरूलाई पत्रिकामा छापिएको नाम देखाउने, किस्ता तिर्नुपर्छ भन्ने बाध्यताका शव्दहरू दिने गरेको पाईएकोले डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड समयमै सचेत रहन आग्रह गर्नुभएको छ । राज्य तथा स्थानीय सरकारले पहहल गरिरहेको अबस्थामा डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडसँगै अन्य लघुबित्तहरूले आफ्नो कार्यलाई तिव्रता दिएमा ठुलो समस्या भोग्नुपर्ने र सोको जिम्मेवारी आफै लिनुपर्ने भएकोले सम्पूर्ण लघुबित्त बित्तिय संस्था लिमिटेडहरू समयमै सचेत रहन चेतावनी दिनुभएको हो ।





२०७८ माघ १ गते गुल्मीदेखि सुरु गरिएको लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालको आन्दोलन सुरू भए पश्चात २०८२ सालसम्म आईपुग्दा हामीहरूले स्थानीय सरकार, राज्य तथा विभिन्न लघुबित्त बित्तिय संस्था लिमिटेडका शिओ तथा कर्मचारीहरूसँग पटक–पटक छलफल गर्दापनि हाम्रा मागहरूलाई व्यवास्ता गरेकै कारण हामीहरुले राज्यको ढोकामा घचघचाउन गयौँ यहहाँको राज्य तथा स्थानीय सरकरासँग आफ्नो ज्यानको आहुती राखेर लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल का केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा थुर्पै आन्दोलनहरू भएकाछन् ।

लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवाली ३३ लाख दिदीबहिनीमा माग पुरा हुन्छन् कि भनेर लामो समयसम्म पानी नखाएर अन्सन बस्नु भयो । संस्था लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङमा पुगी दाङ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी लम्सालले ज्ञापनपत्र बुझ्दै सम्पूर्ण लघुबित्त बित्तिय संस्था लिमिटेडबाट पिडीत दिदीबहिनीहरूको समस्या समाधानको लागि पहल गर्ने सुझाव दिनुभएको थियो ।



