रोल्पाबाट भालुवाङतर्फ आउँदै गरेको जिप दुर्घटना, १० जना घाईते

Byदोर्ण के.सी.

२८ पुष २०८१, आईतवार १५:३३ २८ पुष २०८१, आईतवार १५:३३ २८ पुष २०८१, आईतवार १५:३३

थर्कोट समाचारदाता
दाङ २८ पुस
प्यूठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
भालुबाङ–प्यूठान सडकखण्डस्थित प्यूठानको माण्डवी गाउँपालिका–३ अरुणखोलानजिकै जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।रोल्पाबाट भालुबाङतर्फ आउँँदै गरेको भे १ ज ७३४ नम्बरको जिप अनियन्त्रित भई सडकको दायाँ भागको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार जिपमा सवार चालकसहित १० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds