रूखमा करेन्ट लाग्दा लडेर एक जना घाईते

Byदोर्ण के.सी.

२८ मंसिर २०८०, बिहीबार १७:११ २८ मंसिर २०८०, बिहीबार १७:११ २८ मंसिर २०८०, बिहीबार १७:११

दाङ,२८ मंसिर ।

दाङमा करेन्ट लाग्दा रूखबाट लडेर एक जना घाईते भएका छन ।

घाइते हुनेमा तुलसीपुर १२ उरहरी हेमनगरका ५० बर्षका बिष्णु बहादुर रेउले रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले जानकारी दिनुभयाे ।

रेउले बिहिबार दिउसाे  आफ्नै  बारीमा रहेकाे झिंगटकाे रुखमा  घाँस काट्न चढ्नुभएकाे  थियाे । रूखमा चढि घाँस काट्ने क्रममा रुखको हाँगा बिद्युतको मेन लाइनमा छुन जाँदा करेन्टको झट्का लागेकाे थियाे ।

करेन्टकाे झट्टका लाग्दा रूखबाट लडेर उहाँ  घाईते हुनुभएकाे हाे । रेउलेकाे  अबस्था  मध्यम  रहेकाे प्रहरि प्रबक्ता मल्लले जानकारी दिनुभयाे ।

घाईतेकाे  राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि  नेपालगन्ज नर्सिङ होममा रिफर गरीएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds