रासस काे ६४ औ वार्षिकाेत्सव सम्पन्न

Byदोर्ण के.सी.

६ फाल्गुन २०८१, मंगलवार १२:५७ ६ फाल्गुन २०८१, मंगलवार १२:५७ ६ फाल्गुन २०८१, मंगलवार १२:५७

दाेर्ण के.सी.
तुलसीपुर ६ फागुन ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले हरेक सञ्चार मिडिया हाउसहरुले सत्य, तथ्य तरिकाले खाेजमुलक र आधिकारिक समाचारहरुप्रकाशन तथा प्रसारण गर्न मिडियाहरुले अहम भुमिका निर्वाह गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख खड्काले राससले आफ्नाे ६४ औ वार्षिकाेत्सवकाे अवसरपारी मंगलबार तुलसीपुरमा विकासमुलक पत्रकारितामा राससकाे भुमिका विषयमा अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले साे कुरामा जाेड दिनुभएको हाे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पत्रकारिता जगतले काेही कसैमाथि मतभेदकाे सिर्जना नगरी आम समाजमा ससक्त रूपले भुमिका खेल्नुपर्ने बताउनुभएकाे थियाे । रासस तुलसीपुर शाखाका प्रमुख नारायनी रजाैरेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे । त्यस्तै नेपाली काङ्ग्रेस तुलसीपुरका सभापति सुरेश हमालले पत्रकारिता क्षेत्रमा मात्र सिमित हुँदा आर्थिक रूपमा बलियाे हुन नसकिने हुँदा अन्य बिकल्प अपनाउनुपर्ने बताउँदै उहाले मिडियालाइ आर्थिक रूपमा समेत मजबुद बनाउनु पर्नेमा स्थानीय सरकारलाइ ध्यानाकर्षण गराउनुभएकाे थियाे । त्यसै नेपाल पत्रकार दाङ शाखाका अध्यक्ष सन्ताेष सुवेदिले सकारात्मक परिवर्तनमा मिडियाले कलम चलाउनु पर्ने र मिडियामा राज्यले सहजीकरण गर्नुपर्ने बताउनुभएकाे थियाे । कार्यक्रममा रिपाेर्ट क्लब दाङका अध्यक्ष शरद रेग्मी , नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर अध्यक्ष माेहन थापा, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी लगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । रासस तुलसीपुरका प्रमुख नारायणी रजाैरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण लाइभ दाङका प्रमुख दिपक बाेहराले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds