काठमाण्डौ, ५ माघ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् । आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ वटा राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ देखि ६ वर्षसम्म रहने छ ।
राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा मतपत्र पुग्यो
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १५:४० ५ माघ २०८०, शुक्रबार १५:४० ५ माघ २०८०, शुक्रबार १५:४०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्य
अर्थ जगत
आर्टिकल बहस
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’
२२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
अर्थ जगत
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने
२० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
बिचार
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ
२० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८
दोर्ण के.सी.
