काठमाण्डौ, ५ माघ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् । आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ वटा राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ देखि ६ वर्षसम्म रहने छ ।
राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा मतपत्र पुग्यो
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १५:४० ५ माघ २०८०, शुक्रबार १५:४० ५ माघ २०८०, शुक्रबार १५:४०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
सगरमाथा स्कुलको सिकाइ विद्यालयबाट घरसम्म ।
२८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३
दोर्ण के.सी.
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध
२७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२
दोर्ण के.सी.
‘प्रदेश सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयन’ विषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२१ चैत्र २०८२, शनिबार ०२:५० २१ चैत्र २०८२, शनिबार ०२:५० २१ चैत्र २०८२, शनिबार ०२:५०
दोर्ण के.सी.
