


थर्काेट समाचार
तुलसीपुर , १५ कात्तिक ।
नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट आजदेखि बाहिरिएको छ । शनिबारदेखि पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जानकारी गराएको हाे । महाशाखाका अनुसार आज वर्षा गराएको प्रणालीको असर अब बेलुकाबाट हट्ने छ । भोलिदेखि मौसम खुल्ने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा भोलि पनि सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जानकारी गराएको छ ।

