



दाेर्ण के.सी. तुलसीपुर, १५ भदौ । दाङको शान्तिनगर–७ खैरेनीमा रहेको मिड वेस्ट ऐेकेडेमीमा तीज विशेष कार्यक्रम सप्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबोद कुमार डाँगिको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी बस्नेतले नेपालीहरुको चाडपर्व रहनसहनमा पश्चिमी संस्कृतिले जरो गाडेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । समाज देखावटिमा गइसकेकोले यसलाई कसरी जगेर्ना गर्ने भनेर सोच्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।





सो अवसरमा विध्यालयका प्रधानाध्यापक बिर बहादुर घर्तीले शिक्षक र बिध्यार्थी बिचको सम्बन्ध सुमधुर तथा सामिप्यता बढाउन यस्ता विभिन्न कार्यक्रमले निकै महत्त्वपुर्न भुमिका खेल्ने बताउनुभएको छ । संस्कृती झल्काउने कल्चरल सो अर्थात विद्यार्थी–विद्यार्थी बिच नृत्य प्रतियोगिता समेत भएको थियो । जसमा अन्शु योगि प्रथम, सुरक्षा भण्डारी द्वितिय र मनिसा डागि तृतिय भएका छन् । प्रतियोगितामा २० जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितात्मक कार्यक्रमको निर्णायकमा पत्रकार कृष्ण अधिकारी र शिक्षिका मोनिका बिष्ट रहनुभएको थियो । विद्यालयकी क्षात्रा करुना डाँगीको स्वागत मन्तब्यबाट सुरु !\भएको कार्यक्रमको शहरीकरण शिक्षक पुर्ण बोहरा र आर्जु के सीले गर्नुभएको थियो ।



