दोर्ण के.सी.
दाङ, २ मंसिर ।
‘पहिला हामी सम्पूर्ण स्टाफहरू तथा विद्यार्थीहरूले विद्यालयमा खाजा खानको लागि घरबाट पैसा लिएर आउने गर्दथ्यौं । हामीहरूले मात्र होईन विद्यार्थीहरूले घरबाट आ–आफ्ना आमाबुवासँग खाजाखानका लागि पैसा मागेर ल्याउने गर्दथे । हामी सम्पूर्ण स्टाफहरू, विद्यार्थीहरू चाउचाउ, बिस्कुट लगायतका चिजहरु खान्थ्यौं । तर, विद्यालयले यो निमय लागु सँगसँगै जंकफुड निषेध गरेपछि अहिले घरैबाट खाजा बनाएर ल्याउने गरेका छौँ ।’ यो भनाई हो माध्यामीक विद्यालय सौडियारका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको । उहाँ भन्नुहुन्छ हामी सम्पूर्ण स्टाफहरू तथा विद्यार्थीहरूले विद्यालयमा खाजा खानको लागि घरबाट नास्ता बनाएर ल्याउन थालेपछि पैसा पनि वचत भएको छ, भने स्वास्थ्यमा पनि फाइदा भएको छ ।’ यो नियम हो घोराही उपमहानगरपालिका वडा नम्बर–७ सौडियार स्थित श्री माध्यमिक विद्यालय सौडियारको । यो नियम विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकका लागि पनि जंकफुड निषेध गरिएको छ । जंकफुड खाएर विद्यार्थी धेरै अस्वस्थ हुन थालेपछि विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी क्लवकै अगुवाइमा जंकफुड निषेध गरिएको हो । विद्यालयमा अहिले विद्यार्थी तथा शिक्षकहरुले खाजा घरबाट नै बोकेर ल्याउन गरेको छौ उहाँले भन्नु भयो् । भने विद्यालयमा मात्र नभई घरमा पनि विद्यार्थीहरूले खाएको थाहा पाए कारबाही गरिने विद्यालयले जनाएको छ । यो नियम विद्यालयमा लागु भएसँगै विद्यार्थीले सबैलाई राम्रो लागेको बताएका छन् । बाहिरको जंकफुड मिसीएको खाजा खाँदा एकातिर स्वास्थ्यमा असर गर्ने र अर्कोतर्फ पैसा पनि खर्च हुने हुँदा विद्यालयमा धेरै विद्यार्थीहरू बिरामी भएपछि विद्यार्थीहरू र विद्यालयको छलफलबाट जंकफुड निषेध गरिएको हो । विद्यालयका शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले बताउनुभएको हो ।

विद्यार्थीहरूलाई मात्र यो निषेध गरेर नहुने भन्दै शिक्षकहरूलाई पनि विद्यालयमा जंकफुड खान निषेध गरिएको र घरमै बनाएको खाजा ल्याउन गरेको उहाँले बताउनुभएको छ । ‘पहिला विद्यालयमा आएपछि चाउचाउ, पानीपुरी, चटपटे धेरै खान्थे । तर,अहिले हामी सबै विद्यार्थीले घरबाट नै खाजा बनाएर ल्याउन भनेका छौ, निणर्य पनि गरेका छौ ।’ उहाँले भन्नुभयो–‘रोटी तरकारी, चना, मकैका खाजा लगायतका खाजा शिक्षक र विद्यार्थीले ल्याउने गरेका छन् । अहिले विद्यार्थीहरु पनि खासै बिरामी भएका छैनन् ।’उहाँका अनुसार पहिला विद्यार्थीहरु धेरै बिरामी हुने गरेका थिए । जसका कारण पनि विद्यालयमा यो नियम लागु गरिएको हो । यसले गर्दा अहिले सबैलाई राम्रो भएको छ । यस्तै उहाँले विद्यालयमा यो विद्यार्थीहरुलाई मात्र लागु गर्दा र शिक्षकहरुलाई नगर्दा प्रभावकारी नहुने भएको हुँदा विद्यार्थी र शिक्षकहरुलाई समेत निषेध गरिएको हो । यदि कसैले खाएको पाइएमा कारबाही गरिने गरेको उहाँले बताउनु भएको छ ।‘हाम्रो विद्यालयमा यो नियम लागु भएदेखि नै अभिभावकहरु पनि खुशी हुनु भएको छ । छोराछोरीहरुले खाजा, नास्ता खाने भन्दै सधैँ पैसा मागेर ल्याउने र उनीहरुले विद्यालयमा जंकफुड खाने हुँदा स्वास्थ्य र पैसाको नोक्सानी भएको थियो ।’ तर अहिले घरैबाट आफैले ल्याएर खादा पैसासँग स्वास्थ्यमा पनि फाइदा पुगेको छ ।’ पछिल्लो समय जंकफुडका कारण मानव स्वास्थ्य गम्भिर समस्या देखिरहेको अवस्थामा र विद्यालयमा पनि धेरै विद्यार्थीहरू बिरामी हुन थालेपछि यो निषेध गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले बताउनुभएको हो । उहाँले भन्नुभयो यसरी विद्यालयमा जंगफुटको निषेध पश्चात बालबालिकाहरूको स्वास्थ्यमा सुधारसँगै पैसापनि बचत भएपछि अभिभावकहरू धेरै खुशी भएर विद्यालयमा फोन गरेर सोध्न हुन्छ । सर तपाईँले के जादु गर्नुभयो यस्तो ।’ ‘हिजो हाम्रा छोराछोरी पैसा नलगेर विद्यालय नै जादैनथे तर, अहिले पैसा माग्दैन् , घरबाट नै नास्ता लिएर जान्छन् ।’ एकातिर स्वास्थ्यमा सुधार भएको छ भने अर्कोतर्फ पैसापनि बचत भएको छ । यो नियम लुम्बिनी प्रदेशका सबै विद्यालयहरूमा लागु भएमा सम्पूर्ण स्टाफहरू तथा विद्यार्थीहरूमा स्वास्थ्यमा सुधारसँगै पैसा पनि बचत हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds