दोर्ण के.सी.
तुलसीपुर २४ असोज
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीले तुलसीपुरको शान्ति सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डिएसपी ठकुरीले तुलसीपुरमा आफ्नो पहिलो आगमन भएको जानकारी दिंदै, यहाँको सुरक्षा अवस्थाबारे आफु पूर्णरूपमा जानकार रहेको बताएका थिए। डिएसपी ठकुरीले तुलसीपुरलाई लागु औषधको रेड जोन भनेर चिनिएको भएता पनि आफुले यो धारणा बदल्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले यस क्षेत्रका अपराधजन्य गतिविधिहरूलाई नियन्त्रणमा राख्नका लागि ठोस कदम चाल्ने र यहाँको शान्ति सुरक्षामा सुधार गर्ने समेत बताएका थिए। उनीसँग अनुसन्धान र अपराध नियन्त्रणका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको र तुलसीपुरमा पनि चुनौतीहरूको सामना गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास समेत पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए। साथै, डिएसपी ठकुरीले सूचना प्रवाहमा सहजता ल्याउन एकद्धार प्रणालीको व्यवस्था गर्ने र जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाएका थिए । उनको आगमनसँगै तुलसीपुरवासीले यहाँको शान्ति सुरक्षा सुधार हुने आशा व्यक्त गरेका छन्।मंगलबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डिएसपी ठकुरीले आफु आगमन भन्दा विदाई सुखद बनाउने गरी काम सुरू गरेको थिए। तुलसीपुरलाई देशको असुरक्षित सहर रहेको भाष्य निर्माण गरिरहेका बेला अब शान्त र सुरक्षित सहरको पहिचानका लागि पहिलो कदम अघि बढाउने उनको धारणा रहेको थियो। सत्य र तथ्यमा आधारित रहेर समाचार प्रवाह गर्नु पत्रकारको दायित्व रहेको भन्दै गलत भए खबरदारी र सुधारात्मक विषयमा सहयोग गर्न पत्रकारहरूलाई आग्रह गर्दै पत्रकारहरूको सहयोग समेत अपेक्षा रहेको प्रतिबद्वता व्यक्त गरेका ििथए। इलाका प्रहरी तुलसीपुरको कमाण्ड सम्हाले लगत्तै विभिन्न व्यापारी व्यवसायीहरूका संगठन लगायतको खादा(मालामै डीएसपीहरू बधाई लिन व्यस्त हुन्छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा आफुले त्यस्ता कुनैपनि स्वागत तथा बधाई कार्यक्रममा खादा(माला लगाउन नजाने प्रतिबद्धता व्यक्त गरेका थिए । तुलसीपुर लागु औषध कारोबारी र प्रयोगकर्ता, चोरीका समस्या जसमा बाईक चोरीका समस्या अत्यधिक रहेको जानकारी पाएको बताउँदै सरूवा भएर आएको एक हप्तामै तुलसीपुरका विभिन्न स्थानबाट ४ वटा बाईक चोरी भएको र त्यसमा दुईवटा फेला परेको र हराएका अन्य बाईक खोज्ने काम भैरहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा पत्रकारहरूले प्रहरीमा न्यायका लागि आउने सेवाग्राहीले जाहेरी लेखाउँदा चर्को मूल्य तिर्नुपर्ने समस्या भएको, तुलसीपुरलाई सुरक्षित सहरको रूपमा विकास गर्न थप योजना निर्माण गर्नुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी र बजार व्यवस्थापनमा प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सूचना प्रबाहलाई छिटो र छरितो बनाउन सुझाव दिएका थिए। जवाफमा डिएसपी ठकुरीले आफुले पहिलो प्रयास स्वरूप कार्यालयको मूल गेट नजिकै ‘विचौलिया प्रवेश निषेध’ लेखिएको पोस्टर राखिएको बताउँदै सेवाग्राहीले निवेदन लेखाउँदा चर्को शुल्क तिर्नुपर्ने गुनासो आएकोले सो समस्याको समाधान तत्कालै गरिने बताएका थिए। यस्तै बजारमा ठूलो स्वरमा चलाउने मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए। यसअघिका डीएसपी ठाकुरप्रसाद पोखरेलको काठमाडौँ उपत्यका शसस्त्र प्रहरी गण न. २ महाराजगञ्जमा सरूवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय उडान तर्फबाट ठकुरी तुलसीपुर सरूवा भएर आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds