भोली भाइटीकाको दिन वर्षाको सम्भावना

Byदोर्ण के.सी.

१७ कार्तिक २०८१, शनिबार १४:१२ १७ कार्तिक २०८१, शनिबार १४:१२ १७ कार्तिक २०८१, शनिबार १४:१२

थर्काेट समाचारदाता / दाङ

, १७ कात्तिक । 
आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज मौसम बदली भएको छ । साथै भोलि भाइटीकाको दिन पनि थप बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि कोशी प्रदेशको पहाडी भागका एकदुई ठाउँ तथा तराईका केही भाग, बागमती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds