भदौ ४ गते देशभरको मौसम अवस्था यस्तो रहने

Byदोर्ण के.सी.

३ भाद्र २०८१, सोमबार १७:१५ ३ भाद्र २०८१, सोमबार १७:१५ ३ भाद्र २०८१, सोमबार १७:१५

थर्कोट समाचारदाता
काठमाडौं ३ भदौँ
२०८१ भदौ ४ गते मंगलबारको मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds