बेसारपानी पिउँदा फाइदै फाइदा

Byदोर्ण के.सी.

१३ माघ २०८०, शनिबार १५:११ १३ माघ २०८०, शनिबार १५:११ १३ माघ २०८०, शनिबार १५:११

दाङ।बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ । तर, पछिल्लो समय भने कोभिड १९ बच्नका लागि धेरैले बेसार पानी पिउने गरेका छन् । जुन स्वास्थ्यका हिसाबले निकै राम्रो हो । बेसारले खानालाई आकर्षक र स्वादिलो बनाउने मात्रै नभई हाम्रो शरीरका विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।मन तातो बेसार पानी पिउनुका फाइदाहरू

बेसारपानीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा राहत मिल्छ ।

छालासम्बन्धी केही समस्या भएमा पनि बेसारपानी पिउनु फलदायी हुन्छ ।

बेसनको पिठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।

शरीर सुन्निएको छ भने बेसार पानी पिउँदा दुखाइ कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds