


थर्काेट समाचारदाता
दाङ, १४ मंसिर । दाङमा बिहीबार बिहानैदेखि बदली रहेको छ । बादलले सबै ठाउँमा आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् । दाङका कतिपय स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । दिउसो देखि मौस खुल्ने अनुमान गरिएको छ । बदलीका कारण चिसो एक्कासी बढेको हाे ।
