बबई नदीमा पानीको सतह बढेपछि दाङ र बर्दिया बाढीको उच्च जोखिममा

Byदोर्ण के.सी.

२१ श्रावण २०८२, मंगलवार १५:२६ २१ श्रावण २०८२, मंगलवार १५:२६ २१ श्रावण २०८२, मंगलवार १५:२६

थर्कोट समाचारदाता
तुलसीपुर २० साउन
बबई नदीले तिब्रता दिएपछि दाङ र बर्दिया बाढीको उच्च जोखिममा रहेको छ । बबई नदीमा जलसतहले खतराको तह पार गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७ दशमलव १ मिटर पुगेको छ । बबई नदीमा ५ दशमलव ५ मिटरलाई चेतावनीको तह र ६ दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ । खतराको तह पार गरेकाले बबई नदी किनार र होचा भागमा उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, पालिका र नागरिकलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिनुभएको हो । दाङका राप्ती तथा बबई नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा नै रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था आइपर्न सक्ने भन्दै प्रशासनले तत्काल पूर्वतयारी गर्न आह्वानसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds