हापुरे, माघ २३ गते ।

दाङको बबई गाउँपालिकामा भ्रस्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको आयोजना र बबई गाउँपालिकाको ब्यबस्थापन तथा सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बबई गाउँपलिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले सार्वजनिक पद धारण गरेका ब्यक्तीहरुले आचारसंहिता पालना गर्न सके भ्रष्टाचार न्युनिकरण गर्न समस्या नहुने बताउनुभयो । अध्यक्ष क्षेत्रिले गाउँपालिकाबाट बिनियोजित बजेटमा गठन हुने उपभोक्ता समितिले केहि प्रतिशत रकम खाएर ठेक्का पट्टा मार्फत काम हुने गरेका घटना बढिरहेको बताउदै त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।उहाँले स्थानिय क्षेत्रमा हुने विकास निर्माणमा स्थानियहरु गम्भीर हुन नकस्दा ठेकेदार मार्फत निर्माण हुने कार्यले दिगो उपलब्धि दिन नसक्ने समेत बताउनुभयो ।त्यस्तै बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले राजनितिक प्रतिस्प्रधा मार्फत जितेर जनप्रतीनीधी बनेका जनप्रतीनीधीहरु सम्पुर्ण प्राविधीक ज्ञान नहुने बताउनुभयो ।

योजना निर्मााण र अनुगमनका क्रममा प्राविधिकहरु चनाखो हुन जरुरी रहेको बताउनुभयो । उपाध्यक्ष खड्काले लोकतन्त्रको गलत फाईदा उठाएर केही ब्यक्तीहरु राजनितीक रिसिवीका कारण सामाजिक सञ्जाल मार्फत आरोप प्रत्यारोप गर्ने कार्र्य निन्दनीय रहेको बताउनु भएको छ । उपाध्यक्ष खड्काले भ्रष्टाचार न्युनिकरणका बिषयमा आफुले चुनाबका बेला समेत प्रतीबद्धता जनाएको भन्दै पालिकालाई सुसासन र भ्रष्टाचार मुक्त गराउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले लुम्बिनी प्रदेश र दाङमा सामाजिक बिकास निर्माणका कार्यमा गुणस्तरका बिषयमा अख्तियारमा मुद्दा बढि आउने गरेको बताउनुभयो । अधिकारीले अख्तियारले भ्रष्टाचारको मुद्दा पर्ने बित्तिकै सम्बन्धित ब्यक्तिलाई संका गरेर काम गर्न सुरु गर्ने बताउनुभयो । भ्रष्टाचारको आरोपमा खण्डन र भ्रष्टाचार गरेको छैन भनेर पुष्टि गर्ने सम्बन्धित ब्यक्ति नै भएको बताउनुभयो । कानुन र आधार बिना काम गर्दिन भन्ने छुट कसैलाई नभएको समेत धारणा राख्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षता,बबई गाउँपलिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका सुचना अधिकारी झलक केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds