बबई गाउँपालिकाद्वारा संगिना संरक्षण मञ्चका कालाकारहरु सम्मानित

Byदोर्ण के.सी.

२५ मंसिर २०८०, सोमबार १५:४१ २५ मंसिर २०८०, सोमबार १५:४१ २५ मंसिर २०८०, सोमबार १५:४१

हापुरे, मंसिर २५ गते ।

दाङको बबई गाउँपालिकाले संगिना संरक्षण मञ्चका कालाकारहरुलाई सम्मान गरेको छ । गाउँपालिकाकाे महिला बालबालिका तथा जेेष्ठ नागरिक शाखाकाे आयाेजनामा गत मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानका क्रममा पालिका सहित सबै वडाहरुमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेर सहयाेग गरेको भन्दै उनिहरुलाई  समापन कार्यक्रमका अवसरमा सम्मान गरिएको हाे ।कार्यक्रमका प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर क्षेत्री सहितको टिमले नाटककाे लेखन सम्पादन तथा अभिनय गर्ने रामप्रसाद सुवेदी ,निर्देशन गर्ने अर्जुन परियार तथा उत्कृष्ट अभिनय गर्ने जुनु खड्का,लिला बुढाथोकी, सुन्तराम सुनार र राजकुमारी बुढालाई दाेसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे । बिगत लामाे समयदेखि पुराना लाेक संस्कृतिकाे संरक्षण संबर्दनमा पुराना देखि नयाँ पुस्ता सम्म एकताबद्ध भएर संङ्घर्षसिल संस्थालाई समेत सम्मानपत्र प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds