









दाङ २२ पुस
दाङको बबई गाउँपालिकाको १४ औं गाउँ शभा सम्पन्न भएको छ । गत माघ ७ गतेबाट बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षत्रीको अध्यक्षतामा सुरु भएको गाउँसभा बिहिबार बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँसभाले बबई गाउँपालिका वडा नम्बर ३ हंसपुरमा निर्माण सम्पन्न १५ सैयाँको आधारभुत अस्पतालमा पुरन्धारा स्वास्थ्य चौकीलाई समायोजन गर्ने र अस्पताल सञ्चालनका लागी गाउँपालिकाको आन्तरिक श्रोतले नपुग्ने भएकाले आवश्यक जनशक्ती तथ ब्यबस्थापनका खर्च उपलब्ध गराईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ । साथ बबई ४ मा रहेको हापुरे प्राथामीक अस्पताललाई ५ सैयाको अस्पताल सञ्चालन गर्नको लागी आवश्यक प्रकृया पुरा गरी सञ्चालन गर्ने निर्णय सर्बसहमतीले पारित गरेको छ ।
गाउँसभाले गाउँ पालिकाको बिधायन समिती हुदै कार्यपालिकाबाट समेत स्वइकृतीका लागी गाउँसभामा सिफारिस हुन आएको बबई गाउँपालिकाको नगर प्रहरी सम्वन्धी बिधेक २०८० स्वइकृत गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँसभाले बबई गाउँपालिकाको वडा नम्बर ५ स्थित मुल बाटोबाट दक्षिण तर्फ खयरभट्टी जाने बाटोमा रहेको चोकको नाम शहिद शालिकराम घिमिरे चोक नामाकरण गर्ने निर्णय सर्बसहमतीले पारित गरेको छ ।
गाउँसभाले वडाबाट रकमान्तर तथा संसोधन गर्नका लागी सिफारिस भई आएका योजनाहरुलाई रकमान्तरण तथा संसोधन गर्ने निर्णय पनी सर्बसहमतीले पारित गरेको छ । साथैं गाउँ सभाले स्थानिय सरकार सञ्चालन एैन २०७४ को दफा ८३ बमोजिम संगठन तथा ब्यबस्थापन संयन्त्रको आधारमा प्रमुख प्रशासकिय अधिकृतद्धारा पेस भई गाउँ कार्यपालिका बाट सिफारिस भएको बबई गाउँपालिकाको संगठन संरचना तथा दर्बन्दी बिबरणका सन्दर्भमा थप छलफल गर्न आवश्यक देखीएकाले १५ औं गाउँसभामा निर्णयार्थ पेस गर्ने निर्णय सर्बसहमतीले पारित गरेको छ । हापुरे अनलाईनबाट


