



थर्काेट समाचारदाता
तुलसीपुर, २१ मंसिर ।
दाङको तुलसीपुरमा रहेकाे अपाङ्ग समाज सुधार केन्द्रले लामाे समयकाे अन्तराल पछि नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको केन्द्रको १६ओै वार्षिक साधारणसभा तथा ५ओै अधिवेशनले कडेँलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । कडेँल उक्त केन्द्रकाे संस्थापक अध्यक्ष समेत हुन् । केन्द्रको उपाध्यक्षमा इन्द्र बहादुर नेपाली र हरिकला भण्डारी, महासचिबमा नारायण प्रसाद लामिछाने, कोषाध्यक्षमा रामप्रसाद चौधरी र सचिबमा बर्षा थापालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा इन्द्रा कुमारी चौधरी, रुपा चौधरी, यम कुढमारी चौधरी, तारा विष्टलाई चयन गरिएको छ । साथै तीन सदस्य पछि थपिने केन्द्रले जनाएको छ । सर्वसहमतिबाट नयाँ कार्य समिति चयन गरिएको हो । केन्द्रका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हो ।

त्यस अवसरमा तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी, पत्रकार शुसिल बस्नेत, बृद्ध सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष कमल डाँगी, टिकाराम कडेँल, हुमाकान्त कडेँल लगायतले शुभकामना मन्तब्य दिएका थिए । उपाध्यक्ष हरिकला भण्डारीको स्वागत मन्तव्यबाट सुरुर भएको कार्यक्रमको सहजीकरण महासचिब दोलक बहादुर खत्रीले गरेका थिए ।


