









थर्काेट समाचारदाता
दाङ २८, असोज ।
पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ५,पोटली चोकमा अटाे दुर्घटना भएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ५,पोटली चोकमा आज साँझ साढे ६ बजेतिर अटाे दुर्घटना भएको हाे । साे अटाे दुर्घटनामा परि तीन जना घाइते भएका छन्। तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको रा १ ह २१०८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटो चालकसहित तीन जना घाइते भएक इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे हाे ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ निवासी ४० वर्षीया सुन्तली परियार र सोही ठाउँकी ६५ वर्षीया धनी परियार घाइते भएका छन्। दुबैजनाको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ। सुन्तली परियारको अवस्था मध्यम रहेको छ भने धनी परियारको अवस्था सामान्य रहेको बताउनु भएको हाे । यसैगरी,अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ६१ वर्षीय गोपाल चौधरीपनि दुर्घटनामा घाइते भएका छन्। घाइते तीनैजनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा परेको अटोलाई नियन्त्रणमा लिईएकाे छ भने घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे छ ।


