










थर्कोट समाचारदाता
दाङ, २७ भदौ । दाङ सहित पश्चिम दाङका विभिन्न क्षेत्रमा गएराती देखि भारी वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान भएकोले सबैलाई साबधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह छ । महाशाखाले महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको त्यसै अनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत सबैमा जानकारी दिनुभएको छ । यसैको प्रभावले शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ । महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।



