




थर्कोैट समाचारदाता
तुलसीपुर १२ फाल्गुन
नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने एक कार्यक्रमका बिच जनाएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ २०८० चैत तेस्रो साता दाङमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने निर्णय गरेको महासंघले जनाएको छ । महासंघले महोत्सव सफल बनाउनका लागि नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सील नेपाल, लगायत सम्बन्धीत निकाय तथा संघसंस्थाहरुसँग सहकार्य गर्ने निर्णय पनि गरेको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिनुभएको छ। महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मेट्रो कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुले समाचारमूलक बुलेटीन प्रकाशन गर्दै आएको जानकारी पनि गराएको छ । महासंघले विद्यार्थीहरुका लागि पत्रकारिता तालिम दिन अनुरोध भई आएकाले कलेजसँगको सहकार्यमा दुई दिने पत्रकारिता तालिम सञ्चालन गर्ने, नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको मिडिया साक्षरता अभियानलाई जिल्लाव्यापी रुपमा विस्तार गर्ने र दाङका सञ्चारमाध्यमका समस्यालाई अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्ने निर्णय गरेको महासंघका अध्यष दुर्गालाल के.सीले जानकारी दिनुभएको छ ।







