नेफ्स्कुनको चुनावी मैदानमा उत्रिने खत्रीको तयारी 

Byदोर्ण के.सी.

२४ मंसिर २०८०, आईतवार १६:०४ २४ मंसिर २०८०, आईतवार १६:०४ २४ मंसिर २०८०, आईतवार १६:०४

तुलसीपुर, २४ मंसिर । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुनको) को केन्द्रिय सदस्यमा दाङबाट रुप बहादुर खत्रीले उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । पुस ८ गते काठमाण्डौमा हुन लागेको  सहकारीको ३२ आ‌ैँ  साधारणसभामा केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेको खत्रीले बताउनुभयो ।

हाल सहकारीको  प्रदेश सचिव र सहयोगी बचत तथा ऋण सहकारी संस्थामा लामो समयसम्म नेतृत्वमा रहेर काम गरिसक्नु भएका खत्रीले सहकारीको मूल्य मान्यता र सिद्धान्तको क्षेत्रमा गहिरो ज्ञान तथा अनुभव भएकाले केन्द्रिय सदस्यको प्रतिस्पर्धामा उत्रिन लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds