


दोर्ण के.सी.
सल्यान २७ साउन
हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दुःख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । यो वर्ष भर्खरै वर्षायाम शुरु भए पनि च्याउ खाएर बिरामी हुने र मर्नेको सङ्ख्या बढ्ने क्रम उकालो लाग्दै गरेको बिगत डेड दुई बर्ष यता बिशालु च्याउ सम्बन्धी सचेतना जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठक
जडीबुटी तथा वनस्पती विज्ञ तथा वन तथा वातावरण मन्त्रालय, वनस्पती विभाग अन्तर्गत वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा। मित्र पाठकसँग यस Tharkot.com.np अनलाईनका अध्यक्ष दोर्ण के.सीले लिनुभएको अन्र्तबार्ताको सारसंक्षेप ।

१ आजभोलीका दिनहरू कसरी बिताईरहनुभएको छ ?
– मैले आजभोलीका दिनहरू दैनिक रूपमा कार्यालयमा आएर जनतालाई विभिन्न प्रजातीका च्याउका विषयमा सन्देशमुलक सुचनाहरू दिनुका साथै आफ्नो गाउँ आफै बनाऔ भन्ने मुलनारालाई मध्यनजर गर्दै सबैलाई सचेत बनाउन लागिरहेको छु ।
२। आम जनतालाई तपाई कुन विषयमा सन्देशमुलक सुचना दिनुहुन्छ ?
– साउन महिनादेखि झण्डै भदौसम्म विभिन्न वनजंगलहरूमा जंगली च्याउको सिजन चल्छ । मानिसहरूले च्याउ नचिनेर खाने गर्नाले अकालमै ज्यान गुमाउनु परेको छ । मैले सोही विषयमा केन्द्रित रहेर सम्पूर्णमा यहि सन्देशमुलक सूचना सुनाउने गर्दछु ।
३। तपाईले जंगली च्याउ नचिने कै कारण वर्षेनी सयौले ज्यान गुमाउनु परेको भन्नु भयो, च्याउ कतिप्रकारका हुन्छन् र विषालु च्याउ भनेर कसरी चिन्न सकिन्छ बताई दिनुहोस् न ?
–हरेक वर्षायाममा जंङ्गलमा विभिन्न प्रजातीका च्याउहरू पाईने गर्दछ । मानिसहरूले समयमै च्याउ चिन्न नसक्दा
हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दुःख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । वनस्पती बिभागका अनुसार नेपालमा अहिले झन्डै एक हजार तीन सय प्रजातिका ठूला च्याउ पाइन्छन् । तीमध्ये झन्डै एक सय च्याउ मात्रै विषालु रहेका छन् । झन्डै एक हजार दुई सय च्याउ खाएर मानिसलाई हानी गर्दैन । एक हजार दुई सय मध्ये केही प्रजातिका च्याउ मानिसका लागि लाभदायक पनि छन् । यो वर्ष भर्खरै वर्षायाम शुरु भए पनि च्याउ खाएर बिरामी हुने र मर्नेको सङ्ख्या बढ्ने क्रम उकालो लाग्दै गरेको बिगत डेड दुई बर्ष यता बिशालु च्याउ सम्बन्धी सचेतना अभियान चलाईरहेकोछ । धेरैजसो च्याउको बाहिरी आवरण हेरेर विषालु हो कि होइन भन्ने छुट्याउन सकिँदैन । तर केही गुण भने हुन्छन् । विषालु च्याउमा किरा लाग्दैन । विषका कारण किरा नलाग्ने भएकोले भेटिएको एउटा प्रजातिको च्याउमध्ये कुनैमा पनि किरा लागेको छैन भने त्यो विषालु हुन सक्छ भनेर बुझ्नुपर्छ । यस्तै जङ्गलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ, त्यसमा झुसको मात्रा अत्यधिक छ वा च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ । त्यस्तै
च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ्ग फेरिन्छ भने त्यो विषालु हुन सक्छ ।
यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ । धेरैजसो विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खानयोग्य च्याउ केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ । परम्परागत रूपमै त्यस्ता च्याउ बारेको ज्ञान पुस्तान्तरण हुँदै आएको छ । तर कतिपय अवस्थामा सधैँ उम्रने ठाउँमा उस्तै–उस्तै देखिने विषालु च्याउ पनि हुन सक्छ । त्यसैले सधैँ खाने गरेको प्रजातिको च्याउ भन्दा केही फरक जस्तो लाग्यो भने त्यो च्याउ खानु हुदैन ।
४. मानिसहरूले च्याउ कुन समयमा प्रयोग गर्दा ठिक हुन सक्छ ? जानकारी गराई दिनुहोस् न ।
– डा. पाठकका अनुसार विषालु च्याउ कस्ता हुन्छन् भनेर धेरै मानिसले वर्षौदेखि खाइरहेको च्याउ सजिलै चिन्छन् । केही यस्ता प्रजाति छन् जसलाई जङ्गल छेउका बासिन्दाले बर्षेनी सङ्कलन गर्ने गरेका छन् । डा. पाठकका अनुसार अर्को महत्वपूर्ण कुरा जङलबाट संकलन गरेको च्याउ रातीमा खाएर सुत्नु हुँदैन । बिहान खाइयो भने र बिषालु परिहाले पनि कम बिषालु छ भने अस्पताल सम्म पुग्ने समय पनि पाईन्छ र बाँच्ने सम्भावना पनि बढी हुन्छ ।त्यसैले च्याउ बेलका सुत्नेबेला सेबन नगरेर बिहानको समयमा खान राम्रो भएको वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा। मित्र पाठकले त्जबचपयत।अयm।लउ सँग एक संवादका बिच उहाँले बताउनुभएको हो ।
५.तपाई जंगली च्याउ सेबन गर्ने आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
– तपाईले एकदम राम्रो कुरा उठाउनु भएको छ । हो पछिल्ललो समयमा नचिनेकै कारण च्याउ खाएर ज्यान गुमाउनेको संख्या यति नै भनेर यकिन विवरण त छैन तर पनि वर्षेनी २५ देखि ३५ जनाले जङ्गली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउने गरेको विभिन्न सञ्चार माध्ययमहरूमा आएको हामी पाउन सक्छौं । यसरी दिनप्रतिदिन जंगली च्याउ खाएर मानिसहरूको केही बिरामी त केही बिरामी पश्चात मृत्यु भएको समाचार बाहिर आउँदा आउँदै पनि मानिसहरूले जङ्गलबाट च्याउ बटुलेर खान छोड्ने क्रम घटनेक्रम नभएर अझ दिनप्रतिदिन बढ्दोक्रम रहेको छ । वनस्पती अनुसन्धान केन्द्र सल्यानले भन्छ सबै च्याउ विषालु हुँदैनन् । तर बिष भएका र नभएका पहिचान गर्न नसक्दा च्याउ खाएकै कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । त्यसैले च्याउ चिनेर मात्र सेबन गर्न अनिवार्य छ । नचिनेर जथाभाबी रूपमा च्याउ खाने काम नगरौँ । वनस्पती अनुसन्धान केन्द्र सल्यानले सुचना प्रवाह गरेका च्याउहरू बाहेक अन्य च्याउहरू प्रयोग नगरौ भन्छ म र मेरो कार्यालयले ।

६. भनिन्छ नि यसको रोकथाम विभिन्न घरेलु उपायहरू बाट पनि गर्न सकिन्छ भनेर यसमा यहाँको धारणा के छ ?
– जडीबुटी तथा वनस्पती विज्ञ तथा वन तथा वातावरण मन्त्रालय, वनस्पती विभाग अन्तर्गत वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा। मित्र पाठकका अनुसार घरेलु विधीले च्याउको विष हट्दैन १ समाजमा सबैभन्दा प्रचलित भनाइ विषालु च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाएर हेर्नु भन्ने हो । तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा यो विधिलाई भरपर्दो मान्न सकिँदैन । च्याउमा अनेकथरी विष हुने भएकाले छुट्याउनलाई एउटा मात्रै विधिले काम गर्दैन । यस्तै खरानी, सिस्नु, टिमुर, अमिलो लगायतले विष मार्छ भन्ने मान्यता पनि समाजमा पाइन्छ । तर यस्ता विधिले च्याउमा हुने विष हटाउन सकिँदैन । त्यस्तै विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् लगायतका भ्रम पनि पाइन्छ । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । त्यसैले नचिनेको च्याउ खानै हुन्न । जङ्गलबाट ल्याएको च्याउ खानुअघि त्यो च्याउ स्पष्ट चिन्नुपर्छ । पकाउँदा अपनाइने विधिले च्याउको विष पुरै हटाउन नसक्ने भएकोले त्यस्ता विधिको पछि लाग्नु हुँदैन । च्याउ खानुपुर्व राम्रोसँग पहिचान गरेर मात्र खान आवश्यक छ ।
७. विषालु च्याउमा दाएमा कस्ता प्रकारका लक्ष्णहरू देखा पर्दछन् ? बताईदिनुहोस् न ।
– विषालु च्याउ खाँदा देखिने लक्षणहरु
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जसमा आँखाबाट आँसु आउने, मुखबाट ¥याल निस्कने, जीउ बाउँडिने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, पिसाब थोरै र कालो आउने, बेहोस हुने लगायत लक्षण धेरैलाई देखिन्छ । विषेशगरी च्याउको विषले मिर्गौला तथा मुटुमा धेरै असर गरेको पाइन्छ । तत्काल अस्पताल लैजानु नै उत्तम उपाय हो । च्याउ खाइसकेपछि कसैलाई धेरै लक्षण देखिन्छ । कसैलाई कुनै एक÷दुई वटा मात्रै लक्षण देखिन सक्छ । तर लक्षण जे–जस्तो भए पनि अस्पताल जान ढिला गर्नु हुँदैन । च्याउमा हुने विषले शरीरमा धेरै हानी गर्ने भएकोले जतिसक्दो छिटो अस्पताल गइहाल्नुपर्छ । सम्भव भएमा विषालु जङ्गली च्याउ खाएको थाहा हुने बित्तिकै बान्ता गराउनुपर्छ । यसले शरीरमा विषको मात्रा कम गर्न सहयोग पुर्याउँछ । तर यसले मात्रै हुन्न । त्यसैले बान्ता गराउने भन्दा बाहेक अरू प्राथमिक उपचारमा नलागि जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ । तर सबैभन्दा राम्रो कुरा नचिनेको च्याउ खानै हुँदैन ।
सचेतना आवश्यक सरकार र सम्बन्धित अन्य निकायले च्याउको बारेमा थप अनुसन्धान र च्याउका जोखिम बारेमा सबैलाई सचेत बनाउनुपर्छ । सबैभन्दा ठुलो कुरा उपभोक्ता सचेत बन्नुपर्छ । मानिसका लागि लाभदायक च्याउ पनि छन् । तर नचिनिकन कुनै पनि च्याउ खान हुन्न । बिशालु च्याउ सम्बन्धी सचेतना पोष्टर च्याउ बिज्ञ डा शिव देवकोटाको सहयोग वरिष्ठ वैज्ञानिक रमेश बस्नेतको संयोजनमा वनस्पती विभागले तयार गरी देशका विभिन्न ठाउँमा पुराएको छ । यो पोष्टरसँग–सँगै कार्यालयबाट पनि सिक्न सकिने पनि धेरै कुरा सिक्न सकिने जडीबुटी तथा वनस्पती विज्ञ तथा वन तथा वातावरण मन्त्रालय, वनस्पती विभाग अन्तर्गत वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा। मित्र पाठकले जानकारी दिनुभएको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
– सर्बप्रथम त यहाँहरूको थर्कोट राष्ट्रिय त्रैमासिक पत्रिका तथा tharkot,com,np अनलाईनले हाम्रो वनस्पती विभाग अन्तर्गत वनस्पती अनुसन्धान केन्द्र सल्यानको गतिविधिका बारेमा आम जनताको सामु पु¥याउनका लागि मलाई केही कुरा बोल्नका लागि स्थान दिनुभएकोमा धेरै भन्दा धेरै धन्यावाद दिन चाहन्छु । साथै मैले सबैलाई के भन्न चाहन्छु च्याउ खादै नखानुस भनेको होईन । खानुभन्दा पहिला च्याउलाई राम्रोसँग चिनेर मात्र खाने गर्नुस जसले गर्दा अकालमै ज्यान गुमाउनु पर्दैन । त्यसैले राम्रो च्याउ खानुहोस् नचिनेको च्याउ नखानुहोस् । राम्रोसँग स्वस्थ रहनुहोस भन्दै विदा हुन चाहन्छु ।

