दोर्ण के.सी.
दाङ, ११ फागुन ।
दोस्रो तुलसीपुर महोत्सव २०८१ आज ११ औँ दिन पुगेको छ । ११ औं दिनमा आज चर्चित गायिका शान्तिश्री परियार र अर्जुन सापकोटाको धमकेदार प्रस्तुतिमा दर्शकहरु उत्साहपूर्ण तरिकाले रमाएका छन् । दर्शकको बढ्दो भिडमा शान्तिश्रीले ‘अरेली काँडैले च्वास्स, च्वास्स’ जस्ता गित गाउँदा माहोल तातिएको थियो । यस्तै चर्चित गायक अर्जुन सापकोटाले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो । पछिल्लो समय दर्शकको अत्यधिक रोजाईमा परेका सापकोटले ‘बस्यौं अलगकै’जस्ता गित प्रस्तुत गर्दा दर्शकहरु रमाएका थिए । कार्यक्रममा मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी, हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरूको प्रस्तुती रहेको थियो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नाराका साथ फागुन १ गतेदेखि सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने महोत्सव मूल आयोजक समितिले जानकारी दिएको हो । चेम्बर अफ कर्मस तुलसीपुरका अनुसार विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds