दोर्ण के.सी.
तुलसीपुर १४ असार
क्षयरोग मुक्त नेपाल अभियान वडा स्तरीय समिति गठन तथा दुई दिने सुक्ष्म योजना तर्जुमा कार्यक्रम तुलसीपुर–३ डाँडाखुट्टीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । हाम्रो तुलसीपुर राम्रो तुलसीपुर खुशी जनता समृद्व तुलसीपुर, हो हामी क्षयरोग अन्त्य गर्छैं भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा नगर स्वास्थ्य केन्द्र तुलसीपुर (३ को आयोजनामा सुरूभएको सो कार्यक्रममा प्रत्येक विद्यालयकानदथ प्रधानाध्यापक, वडा सदस्यहरू, बुद्विजीवि, विभिन्न टोल बिकास संस्थाका अध्यक्षहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो । तुलसीपुर उपमहनगरपालिका वडा नं।३ की महिला वडा सदस्य शान्ता रानाको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा तुलसीपुरका निरीक्षक बिमल के।सीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ प्रतापकोटका कार्यालय प्रमुख बसन्त वलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको प्रशिक्षण तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रवर्धनशाखा तुलसीपुरका निरीक्षक बिमल के।सी। र रानागाउ नगर स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख जिवन खड्काले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds