दोर्ण के.सी.
तुलसीपुर, १ असोज ।
दाङ भ्याली यातायात प्रालिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बुधबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष वेत प्रकाश वलीको अध्यक्षता तथा जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले व्यावसायिक एकता आजको आवश्यकता रहेको र त्यो काम दाङ भ्याली यातायात प्रालिले गरेको उल्लेख गर्दै सरकारले तोकेको भाडादर अनुसार यात्रु सेवामा निरन्तरता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो ।

यस्तै संस्थाका नव निर्वाचित अध्यक्ष महेन्द्र महराले संस्थामा करिब १ हजार सवारी साधन आबद्धता लिएको जानकारी दिदै प्रालिको सांगठनिक प्रतिवेदन र आगामी योजनाबारे पनि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाको घोराही, लमही, हापुरे, बिजौरी शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा संस्थाका निवर्तमान उपाध्यक्ष नहोस् कुमार लामिछाने र प्रशासन सहायक सुलभ सिंहलाई सम्मान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिल्ड सहायक विष्णुकुमारी ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार निरला अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसैबीच अधिवेशनले आगामी ४ वर्ष कार्यकालका लागि महेन्द्र महराको अध्यक्षमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर रेउले, महासचिवमा खुम बहादुर वली, सचिवमा चित्र बहादुर नेपाली, कोषाध्यक्षमा राम बहादुर केसी, सहसचिवमा टंकी नेपाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds