



थर्काेट समाचारदाता
तुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका–१० उरहरीचोकमा मंगलबार बिहान स्कारर्पियोको मोटरसाइकललाई ठक्कर दिदा एक युवक गम्भीर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १३ फुलवारी बस्ने २० वर्षीय दीपेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएकाछन् । बायाँ खुट्टामा गरम्भिर तथा कम्मर र पेटमा भित्री चाेट लागेकाे घाइते युवकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको अस्पताल स्राेतले जानकारी गराएको हाे । रा ७ प ५५५९ नम्बरको मोटरसाइकल ग्यारेजमा मर्मत पछि हाइवयमा चेकजाँच गर्नेक्रममा तुलसीपुरबाट नेपालगंजका लागि छुटेको बा १८ च ३१३९ नम्बरको स्कारर्पियोले बिहान करिब १०ः३० बजेतिर युवकलाई ठक्कर दिएको थियो । बेहोस अवस्थामा रहेका मोटरसाइकल चालक नेपालीलाई ११ बजे नेपालगंज रिफर गरिएको हो । स्कार्पियो र चालक सल्यानको कपुरकोट गाउँपालिका–३ बस्ने ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरी चौकी उरहरीले नियन्त्रणमा लिएको छ ।
