









तुलसीपुर,५ माघ । दाङमा बिहानै देखि कुहिरोसंगै चिसो बढेको छ । कतिपय स्थानमा हल्का सित समेत परेकाले चिसोको महसुस गरिएको हो । मौसममा आएको परिवर्तनका कारण घाम नलाग्दा चिसो बढेको जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ । आजको न्युनतम तापक्रम ६ दशमलव ७ डिग्री सेल्सियस रहेको कार्यालयका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो ।हिजोको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रि सेल्सीयस रहेको रिजाल बताउनुभयो । आज दिनभरको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने सम्भावना रहेको उहाँको भनाइ छ । तापक्रम घट्दै जान थालेपछि चिसो बढ्न थालेको हो । चिसो बढन थालेपछि जनजीवन प्रभावित हुन थालेको छ । विशेष गरेर बिहान र साँझ चिसो हुँदा काम विशेषले बाहिर जाने सर्वसाधारण तथा बालबालिका र जेष्ठ नागरिकहरू बढि प्रभावित हुने गरेका छन् ।


