










थर्काेट समाचार दाता
शान्तिनगर २८ असार
दाङमा जंगली च्याउ खादा एक महिला बिरामी हुनुभएको छ । उहाँले जंगली च्याउ घरमा ल्याएर पकाएर खाए लगत्तै बिरामी भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ ।यसरी बिरामी हुनेमा शान्तिनगर गा.पा.२ अमुवा बस्ने राजु न्यौपानेको श्रीमती बर्ष २६ कि मिना न्यौपाने भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाे हाे । बेलुकी पाैँने छ बजे जंगलबाट च्याउ ल्याइ पकाएर खादा सिरियस बिरामी भएकी न्याैपाने तथा उहाँका ससुरा बर्ष ४५ का ज्ञानु जैसि न्यौपाने समेत सिरियस भएकाेले उहाँहरू दुबैजना ससुरा बुहारीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर ल्याइ सामान्य उपचार पश्च्यात थप उपचारको लागी राप्ती लाइफ केयर हस्पिटल मोतीपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाे हाे ।



