दाङमा चिसाे बढ्न थालेपछि बालबालिका तथा जेष्ठ नागरिक प्रभाबित बन्दै

Byदोर्ण के.सी.

२४ पुष २०८०, मंगलवार १२:२५ २४ पुष २०८०, मंगलवार १२:२५ २४ पुष २०८०, मंगलवार १२:२५

थर्काेट समाचारदाता
तुलसीपुर,२४ पुस ।
दाङमा केही दिन यता अत्यधिक चिसो बढ्दै जान थालेको छ । पुस लागेदेखि दिनप्रतिदिन चिसो बढ्दै जान थालेको जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ । आज बिहानसम्मको न्यनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस रहेको कार्यालयका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो । हिजोको न्यनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस थियो । हिजोको तुलनामा आज ३ डिग्री सेल्सियस तापक्रम घटेको छ । तापक्रम घट्दै जान थालेपछि चिसो बढ्न थालेको हो । चिसो बढन थालेपछि जनजिवन प्रभावित हुन थालेको छ । विशेष गरेर बिहान र साँझ चिसो हुँदा काम विशेषले बाहिर जाने सर्वसाधारण तथा बालबालिका र जेष्ठ नागरिकहरू बढि प्रभावित हुने गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds