थर्कोट समाचारदाता
तुलसीपुर, ११ बैशाख । दाङमा खानेपनीको सङ्कट र गुणस्तरका विषयमा सरोकारवाला निकायसँग तुलसीपुरमा दुई दिने वृहत कार्यशाला गोष्ठी सँगै व्यापक छलफल गरिने भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको आयोजनामा बैशाख १२ र १३ गते दुई दिने वृहत कार्यशाला गोष्ठी गर्न लागिएको छ । महासङ्घले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर दुई दिनसम्म चल्ने गोष्ठीमा खानेपानी आयोजनाको वर्तमान अवस्था, त्यसको व्यवस्थापन, आयोजनाबाट धारामा वितरण भइरहेको पानीको शुद्धता लगायतका विषयमा छलफल गर्ने अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको हो ।संविधानले नै मौलिक हकका रुपमा व्यवस्था गरेको खानेपानी माथि सरकारले आन्तरिक आयमा २५ प्रतिशत कर लगाएर उपभोक्तालाई खानेपानीबाट बञ्चित गराउन लागेको बताउँदै अध्यक्ष वलीले त्यसका विषयमा पनि साझा धारणा बनाउने बताउनुभएको थियो । धाराबाट घरमा आएको पानीमा उपभोक्ताले किन विश्वास गर्दैनन् । किन मिनरल वाटर किनेर खान्छन् । धारामा आएको पानी पिउन योग्य छ, भनेर विश्वास दिलाउने दायित्व कसको हो रु नागरिकलाई यो विषयमा कसरी ढुक्क बनाउन सकिन्छ सोको विषयमा केन्द्रितकृत रहेर बैशाख १२ र १३ गते दुई दिने वृहत कार्यशाला गोष्ठी गर्न लागिएको पत्रकार सम्मेलनमा अध्यक्ष वलीले भन्नुभएको हो । गोष्ठीमा मुहान संरक्षण र चुनौतीका विषयमा पनि आधार पत्र प्रस्तुत गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds