दाङमा एमालेबाट निर्वाचित वडाअध्यक्ष भानसिं बुढाले प्रधानाध्यापकलाई कुटे

Byदोर्ण के.सी.

२८ फाल्गुन २०८१, बुधबार १७:१९ २८ फाल्गुन २०८१, बुधबार १७:१९ २८ फाल्गुन २०८१, बुधबार १७:१९

दाेर्ण के.सी. /गमानसिङ घर्ती मगर
दाङ २८ फागुन
दाङको घोराही उपमहानगर पालिका १४ स्थित सुभप्रभात माध्यामिक बिद्यालयको व्यवस्थापक समितिको बैठकमा वडा अध्यक्ष भानसिं बुढाले प्राधानाध्यापकलाई कुटपिट गरेका छन् । एमालेबाट निर्बाचित घोराही १४ वडाअध्यक्ष भानसिङ बुढाले बिद्यालयको अध्यक्षमा आफुले सिफारीस गरेको मान्छे हुनु पर्ने माग गरे पछि बिबाद उत्पन्न भएको थियो । सोही बिबादले उग्र रुप लिदा प्रधानाध्यापक रुद्र बुढा माथि वडा अध्यक्ष बुढाले हातपात गरेको बताईएको छ । प्रधानाध्यापक सहित अखिल(क्रान्तिकारी) का दुई बिद्यार्थी नेता नरेन्द्र र पबन माथि पनि कुटपिट गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए।

अभिभावक हरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए । प्रधानाध्यापक रुद्र बुढाका अनुसार वडाअध्यक्ष बुढाले आफ्नो पार्टीको मान्छे बिबिस अध्यक्ष बनाउनुपर्ने भनी विद्यालयमा रहेको अभिभावक संख्याको उपस्थिति बहुमत नपुगेको र उक्त संख्या पु¥याउन वडा अध्यक्ष भानसिंङ बुढाले खटाएको टोले गुण्डाहरुले फर्जी हस्ताक्षर गरि आफ्नो पार्टीको अध्यक्ष बनाउनु पर्ने दवाव दिएका थिए । आफुले नमाने पछि आफु माथि वडा अध्यक्षले आफुमाथि कुटपिट गरेको बताएका छन् । लगत्तै अध्यक्षसँग आएका टोलेगुण्डाहरूले आफुमाथि लात्ती मुक्का प्रहार गरेको प्रअ बुढाको भनाई छ । केही दिन अघि नेकपा बहुमत निकट बिद्यार्थी संठन अखिल क्रान्तिकारीले सुभप्रभात माबिको जग्गा भुमाफियको संलग्नतामा ग्यालेक्सी एकेडेमीले जग्गा कव्जा गरेको बिषयमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds