



थर्काेट समाचारदाता
तुलसीपुर २८ असार
तुलसीपुर स्थित सामुदायिक वनमा पुन: बाघ फेला परेकाेछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ निवासी गाेबिन्द केसीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ र ९ स्थित नबदुर्गा सामुदायिक वन उपभोक्ता समूह र नमुना महिला सामुदायिक वन उपभोक्ता समुहकाे सिमाना बाघ फेला परेकाे बताएका हुन् । उनी लगायतका गाउँका मानिसहरु बिहानै जंगलमा च्याउन खाेज्न गएकाे बेला बाघ फेला पारेका हुन् । उनीहरुलाई बाघले चारेपछि आफुहरु बाघकाे आक्रमणबाट बच्नलाई गहते तर्फ भागेर बाच्न सफल भएको र बाघ जंगल तर्फ भागेकाे बताएका छन् । बाघले यस अघि दाङ बाघले असार २४ गते अं.०६:३० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका तुलसीपुर उ.म.न.पा.९ वेलुवा बस्ने बर्ष ४५ कि कमला के.सी. दुवै हातमा चोट अबस्था सामान्य । साेही ठाउँ बस्ने बर्ष ५२ कि सिता कुमारी भण्डारी ढाड र पेटमा चोट अबस्था सामान्य तथा साेही ठाउँ बस्ने वर्ष १८ कि सरिता भण्डारी दाँया हातमा चोट अबस्था सामान्य बनाएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको थियाे । बाघले असार २४ गतेदेखि ती दुई सामुदायिक वनमा धेरै आतंक मच्चाएको स्थानीयबासीहरुले बताएका छन् ।







