



थर्कोट समाचारदाता
तुलसीपुर, ५ कात्तिक । दाङको शान्तिनगरबाट नेपाल प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर–४ निवासी ५३ वर्षीय देब बहादुर केसी, सोही ठाउँका ५४ वर्षीय सालिकराम भण्डारी, ४३ वर्षीय मेघ बहादुर केसी, ३६ वर्षीय कमल बुढाथोकी, ४८ वर्षीय कालुराम चौधरी, ३१ वर्षीय तेज घर्ती, ४९ वर्षीय धर्म चन्द, ५७ वर्षीय यज्ञ बहादुर केसी, ४२ वर्षीय यज्ञराज डागी र कंचनपुरको बेलौरी नगरपालिका–८ का ३६ वर्षीय बिक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको थियो । शान्तिनगर–४ जुम्लेकुलामा धर्म चन्दको

घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट खटिएको प्रहरीले गए राती साढे १० बजेको समयमा उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताउनुभएको हो । उहाँका अनुसार उनीहरुको साथबाट एक लाख ६४ हजार ३ सय पाँच रुपियाँ, भारू ५ सयको ९ वटा नोट र भारू १०० को ४ वटा नोटहरू, ५ थान मोबाइल र १ गड्डी तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

